Posted by: sasscreationintl Post Date: February 24, 2018

Kalyan ghimire leads nepali cinema worldwide

कतारमा हरेक हप्ता लगातार नयाँ नयाँ नेपाली सिनेमा लाग्ने क्रममा भोलि शुक्रबार ए मरो हजुर २ लाग्ने भएको छ । मात्र कतारी २५ रियालमा नै हेर्न पाईने चलचित्र शुक्रबार सनैया ग्रान्डमलको सिनेमा ४ मा प्रदर्शन हुने छ ।

नियमित रूपमा नेपाली सिनेमा यसरी प्रदर्शन भएको खण्डमा कतारमा रहेका नेपाली दर्शकहरूलाई फाईदा हुनेछ भने नेपाली सिनेमा हेर्नको लागि कुनै संघसस्था तथा ब्यक्तिको माताहतमा रहेर महँगो टिकट काट्नु पर्ने चलनको समेत अन्त्य हुने छ ।

अघिल्लो हप्ता लिलिबिलीको सफल प्रदर्शन गरेको टिमले भोलि ए मेरो हजुर २ गरेसंगै अर्को हप्ताको शुक्रबार ऎश्वर्य प्रदर्शन गर्ने भएको छ । त्यस पछिका हप्ताहरुमा अन्य नेपाली नयाँ सिनेहरु पनि नेपालमा रिलिज भएको दिनमा नै लगाउने कोशिस भइरहेको संयोजक कल्याण घिमिरेले जानकारी दिए।

कर्मभुमिमा रहेका ५ लाख नेपाली सिनेमाका दर्शकहरुका लागी यो खुशीको खबर हो । लामो समय देखि कतारमा रहदै नेपाली सिने बजार र ब्यबस्थापनको परिकल्पना गर्दै आएका संयोजक घिमिरेको पहलमा कतारमा नेपाली फिल्म चलाउने प्रयासले सम्भव भएको छ ।

उनले नेपाली सिनेमालाई माया गर्ने दर्शकहरुको साथ पाएको खण्डमा आफुले अन्य थप सो सहित नियमित रूपमा आउने वाचा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *