Posted by: sasscreationintl Post Date: June 5, 2018

कतारमा “म यस्तो गित गाउँछु” प्रदर्शन हुदै

यो हप्ता कतारमा नेपाली सिनेमा “म यस्तो गीत गाउँछु” लाग्ने भएको छ । लगातार नयाँ नयाँ नेपाली सिनेमा लाग्ने क्रममा “म यस्तो गीत गाउँछु” आउने बिहीवार बेलुका ७ बजे, शुक्रबार दिनको  ३ बजे लाग्ने भएको हो । मात्र कतारी २५ रियलमा नै हेर्न पाईने शुक्रबार सनैया ग्र्याण्डमलको सिनेमा ४ मा प्रदर्शन हुदैछ ।

 

पछिल्लो समयमा कतारमा नियमित रूपमा नेपाली सिनेमा यसरी प्रदर्शन भई रहेको छ । सस्तो र सुलभ रूपमा नेपाली सिनेमा हेर्न पाउँदा कतारमा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जनसंगै फाईदा समेत भएको छ । लगातार नेपाली सिनेमा चल्न थाले पछि अहिले सम्म लिलिविलि, शत्रुगते, ए मेरो हजुर- २ र ऎश्वर्या फिल्मको सफल प्रदर्शन भई सकेको छ।

 

यो हप्ता “म यस्तो गित गाउँछु र त्यस पछिका हप्ताहरुमा अन्य नेपाली नयाँ सिनेहरु पनि नेपालमा रिलिज भएको दिनमा नै लगाउने संयोजक कल्याण घिमिरेले जानकारी दिए। उनले नेपाली सिनेमालाई माया गर्ने दर्शकहरुको साथ पाएको खण्डमा आफुले अन्य थप सो सहित नियमित रूपमा आउने वाचा गरेका छन् ।

दिल कुमार श्रेष्ठ, दोहा । hamrosanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *